चलचित्र निर्देशक छेतन गुरुङको निधन

चलचित्र निर्देशक छेतन गुरुङको निधन
बुधबार, भदौ २४, २०७७

काठमाडौं- चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ ।

उनको गएराति २ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

कलेजोमा समस्या आएपछि गुरुङलाई उपचारका लागि २ दिन अगाडि अस्पताल भर्ना गरिएको थियो । उनको काठमाण्डौको मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो ।

गुरुङले चलचित्र ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’को स्क्रिप्ट लेखेका थिए ।

यस्तै, उनले निर्देशन गरेको चलचित्र ‘डमरुको डण्डिबियो’ रिलिज भैसकेको छ । छेतनले नै निर्देशन गरेको चलचित्र ‘प्रेमगीत ३’ कोरोना संक्रमण बढेसँगै भएको लकडाउनका कारण रिलिज हुन पाएको थिएन ।

उनले नयाँ चलचित्र ‘हुतुतु’ स्क्रिप्ट तयारी पूरा गरी निर्देशनमा जुटेका थिए ।