बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोवार ?

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोवार ?
बुधबार, भदौ २४, २०७७

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय कायम भइ कारोबार भइरहेको छ ।

मंगलवारको तुलनामा सुनको मूल्य तोलामा ६ सयले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै मंगलवार प्रतितोला सुनको मूल्य ९५ हजार ८ सयमा कारोबार भएको थियो ।

आज प्रतितोला तेजावी सुनको मूल्य ९५ हजार ९ सय रहेको छ ।