Wed Aug 10 2022
बिचार/ब्लग

राजनेता विश्वेश्वर प्रसाद कोइरालाको राजा महेन्द्र र सुवर्ण समशेरसँगको सम्बन्ध

हरि दाहाल


विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि स १९७१ साल भदौ २४ मा (पिता कृष्णप्रसाद, आमा दिव्या) बनारसमा भएको थियो । यो वर्ष बीपीको १०७ औं जन्मजयन्ती मनाइदैछ । उनको प्रचलित नाम बीपी कोइराला हो । बीपीलाई माया गरेर ससम्मान सान्दाजु पनि भनेर बोलाइन्थ्यो । बीपीसँग विन्स्टन चर्चिलको जस्तो बुद्धि र रुजबेल्टको जस्तो मानवीय गुण विद्यमान रहेको थियो । बीपीले नेपालमा बहुलबादी राजनीतिको शुरुवात, प्रजातन्त्र बहाली र राष्ट्रियता स्थापना गर्नुभयो । बीपीसँग स्वाभीमानसहित बाच्ने क्षमता निहित थियो ।

बीपीले नेपाली दाजुभाई तथा दिदिीबहिनीलाई रैतीबाट जनता बनाउन सफल भए । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सन्देश प्रवाह गराउन सफल राजनेता हुन बीपी । बीपीले राणा शासन, निरंकुश राजतन्त्र, साम्राज्यवादी र कम्युनिस्ट सबैसँग एक साथ लडिरहनुप¥यो । बीपीले जनतालाई कोरा कल्पना र असम्भव प्रलोभन देखाएर कहिल्यै झुक्याएनन् । त्यसैले उनी सत्यवादी नेता हुन । बीपीले आफुलाई राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भनेर प्रस्ट्याइदिएका छन ।

उनकै विचार सापटी लिइकन भन्दा बीपी एक असल व्यक्ति हुन । ठुलो व्यक्ति होइनन् । आज पनि संसारका समाजवादी नेताहरु बीपी जस्तै असल बन्न चाहन्छन । ठुलो होइन । नेपाली जनताले पनि नेपालका ठुलो होइन असल नेता बनुन् भन्ने चाहना राख्छन । बीपीले हामीलाई दासताबाट चेतनातर्फ, संकीर्णताबाट उदारतातर्फ, सामन्तवादबाट प्रजातन्त्रतर्फ, निरंकुशताबाट सम्मतीतर्फ अग्रसर गराएका छन् । राजनीतिक अन्धविश्वास तर्फबाट पनि सचेत गराएका छन ।

बीपीले पिछडिएको वर्गलाई समावेशी सिद्धान्त अनुसार राज्यका निकायमा समावेश गराएर समाजवादको कोशेढुंगा स्थापीत गराए दिए । नेपाली कांग्रेश र नेपाली जनताको मत मात्र हैन मन जितेर बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भए । बीपीले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा सगौरव फैलाए । त्यसैले बीपी नेपाली राजनीतिका प्रवर्तक र राजनीतिज्ञका अग्रज हुन । राजनीतिक पथप्रदर्शक गुरु हुन ।

उनी आस्तिक पनि होइनन्, नास्तिक पनि होइनन् । बीपी यथार्थमा मानवतावादी नेता हुन । सीक्किममा भारत, तिब्बतमा चीन, टिमोरमा इण्डोनेशीया र अफगानीस्तानमा रुस हावी हुँदा बीपीको कुटनीतिक कौशलले %4ेपालतिर कसैको नजर पर्न प%E�एन । राजाको गर्धन तल, मेरो गर्धन माथि भन्दै निर्वासनबाट बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्के । अरु भन्दा राष्ट्रियताका सवालमा राजा राष्ट्रवादी हुन्छन भन्ने बीपीको तात्कालिक व्याख्या थियो । धार्मिक स्वतन्त्रता बीपीको रोजाई थियो । क्यान्सरसँग लड्दालड्दै यस्ता शताव्दी पुरुष बीपीले ६८ वर्षको उमेरमा (साउन ६, २०३९, काठमाडौं) महाप्रस्थान गर्नुपर्यो ।

बीपीको जिन्दगी पढाईमा १७ वर्ष, जेलमा १२ वर्ष, निर्वासनमा २० वर्ष र सरकारमा त केवल २ वर्ष मात्र व्यतित भएको देखिन्छ । बीपी ०७ सालमा गृहमन्त्री र ०१५ सालमा जननिर्वाचित प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभयो । बीपीको जन्म पहिलो विश्वयुद्ध ताका सन् १९१४ मा भएका थियो । भने दोस्रो विश्वयुद्ध हुँदा बीपी दार्जिंिलगमा वकालत गर्दै थिए । बीपीले काशी हिन्दु विश्वविद्यालयबाट बीए, बीएल गरेका थिए । उनले कलकत्ता विश्वविद्यालयबाट एमए सम्मको अध्ययन गरेका थिए । भारतको स्वतन्त्रता संग्राममा बीपी पटक–पटक जेल परेका छन । बीपी अन्तर्राष्ट्रियस्तरको साहित्यकार पनि हुन । उनले साहित्यलाई राजनीतिमा मुछेनन् । राजनीतिलाई साहित्यमा घोलेनन् ।

त्यसैले बीपीको व्यक्तित्व सङ्लो, निर्मल, कञ्चन छ । साहित्यतर्फ बीपीका दोशी चश्मा, श्वेतभैरवी (कथा संग्रह), नरेन्द्र दाई, तीन घुम्ती, सुम्निमा, मोदी आइन, हिटलर र यहुदी, बाबु, आमा र छोरा (उपन्यास), आत्मकथा, जेल जर्नल, आत्मवृत्तान्त र फेरी सुन्दरीजल (आत्मसंस्मरण) प्रकाशित छन । बीपीका बारेमा धेरै पुस्तक प्रकाशित छन । बीपीका साहित्यिक कृतिमा चेतना, विकास, समानता, सद्भाव, मनोवैज्ञानिक चेत र यौन मनोविश्लेषण जस्ता साझा विशेषता पाइन्छ ।

देश र जनताको अवस्था दर्शाउने दौरासुरुवालको पार्सल दरबार पठाउँदा राणाहरुले पिताजी कृष्णप्रसादको परिवारलाई निर्वासन पठाए । परिवारले निरन्तर भोगेको पीडाले बीपीमा बाल्यकाल देखि राजनीतिक चेत विकास भएको थियो । बीपी हिन्दुस्तानका आन्दोनमा परेर सन १९३० मा केही समय जेल परे । बनारसमा महात्मा गान्धी र जवाहरलाल नेहरु अभिनन्दन भएको मन्चमा बीपी पनि सम्मानीत भए । भारतीय समाजवादी पार्टीको सक्रीय सदस्य भए । त्यसबापत सन १९४२ फेरि जेल परे । जेलमा छँदा डा राजेन्द्रप्रसाद, जयप्रकास नारायणहरुसँग भेट भयो ।

जेलबाट छुटेपछि बीपीले नेपालमा पनि राणा शासन विरुद्ध आन्दोलन गर्ने अठोट गरे । राजनीतिक क्रान्ति गर्न बीपीले सर्चलाईट पत्रिका मार्फत हिन्दुस्तानमा रहेका नेपालीलाई आह्वान गरे । कलकत्तामा भेला गरेर नेपाली राष्ट्रिय कांग्रेस पार्टीको गठन भयो । नेपालको जेलमा रहेका टंकप्रसाद सभापति चुनिन्छन । बीपी कार्यवाहक सभापति बन्छन । बीपीको नेतृत्वमा विराटनगरमा राणाबिरोधी मजदुर आन्दोलन (विस २००४) हुन्छ ।

अन्तराष्ट्रिय सम्बन्ध विकास गर्न र क्रन्तिका लागि हतियार जुटाउन बीपी बर्मालगायत देश गए । पक्राउ गरेर बीपीलाई बिराटनगर देखि काठमाडौं सम्म लैजान पहाडको बाटो हिडाइयो । जेलमा अमानवीय तवरले राखेर कष्ट दिइयो । अन्तमा सुन्दरीजल जेलमा राखियो । बीपीको जेल जीवनका सन्दर्भमा देशी विदेशी मिडीयाको चासो रहन्थ्यो । जवाहरलाल नेहरु, लोहीया, गान्धी परिवार, विश्वका समाजवादी नेताले बीपीको चासो र चिन्ता गरिरहन्थे । जसले गर्दा बीपीबारे निर्णय लिनु पर्दा दरबारलाई सकस पथ्र्यो । ०१५ सालको चुनावमा उम्मेद्वार चयन गरेर टिकट दिन बीपी गाउँ गाउँ पुग्नुभयो । बीपीले नेपाली समाजलाई काम गरेर, लेखेर, बोलेर समाजलाई अगाडी बढाएका छन । बीपीको असाधारण, आकर्षक र प्रभावशाली व्यक्तित्वका पछाडी उनको लवाई, खवाई, गवाई, र बसाई समेत पृथक थिए ।

बीपीलाई उहाँका बानीले नै आम मानिसका बीचमा नायक बनाएको थियो । धर्मपत्नी शुसीलाले बीपीलाई राजनीति, घर, प्रवास, जेल र जीवनमा भर भरोसा गरिन । ०१५ सालमा चुनावी सफलता पछि नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको बन्ने विषयमा धर्मपत्नी शुसीला बीपीलाई प्रधानमन्त्री बनाउने पक्षमा थिइनन । शुसीला कोइराला गान्धी र जयप्रकाशबाट प्रभावित थिइन । त्यसैले वीपीलाउृ प्रधानमन्त्री बन्न नदिन उनले चार दिनसम्म गरेको भोक हड्ताल विश्व राजनीतिमै अनौठो घटना बनेको छ । बीपीले बदलिदो विश्वपरिवेशमा इजरायलसँग दौत्य सम्बन्ध, चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम गरे ।

बीपी सुवर्ण शमसेर सम्बन्ध

एकपटक सूवर्णशमसेरले बीपीलाई जयप्रकाससहित भेट्छु भनेर खबर पठाएछन । बीपीले हुन्छ भनिदिएछन । भेटमा सुवर्णसमशेरले नेपाली कांग्रेसलाई दिनुहोला भन्दै पच्चीसहजारको चेक जयप्रकासलाई दिएछन् । महावीरशमसेरले पनि २५ हजारको चेक नेपाली कांग्रेसका लागि दिनुहोला भन्दै लोहीयालाई दिएछन् । तर, बीपीलाई खास मन परेनछ । किनभने सुवर्णसमसेर र महाबीरशमसेर नेहरुहरुसँग सम्बन्ध बढाउन चाहन्थे ।

बीपी समुहको नेपाली राष्ट्रिय कांग्रेस रसुवर्णशमशेरहरुको डेमोक्रेटिक कांग्रेसले राजनीतिक गतिबिधी संचालन गरिरहेको थियो । लगत्तै अगाडी बीपी जेलमा रहेका बेला उनीहरुले बीपी माथि विभिन्न आरोप प्रत्यारोप त गरेका थिए । तर दुई पार्टीबीच सुवर्णशमसेरहरुले पार्टी एकीकरणको प्रस्ताव ल्याए । बीपीले हुन्छ भन्दिए ।

पार्टी एकीकरण हुँदा नेपाली राष्ट्रिय कांग्रेसबाट एक शव्द नेपाली र डेमोक्रेटिक कांग्रेसबाट कांग्रेस शव्द मिलाएर एकीकृत पार्टीको नाम नेपाली कांग्रेस कायम भयो । महाबीरसमशेरको कलकत्तामा भएको टाइगर सिनेमा हलमा भएको पार्टी एकीकरण कार्यक्रममा झण्डा डेमोक्रेटिक कांग्रेसको दुइतीर रातो धर्को बीचमा सेतोभागमा चार तारा भएरको राखियो । गणेशमानसिंहसहितको असहमती हँुदैगर्दा पनि वीपीले त्यही झण्डा सदर गरे, कारण थियो सुवर्ण समशेरले हजारौ झण्डा बनाएर थन्क्याइसको थिए । मातृका प्रसाद कोइराला नेपाली कांग्रेसको अध्यक्ष चुनिए । कलकत्ताको कनक बिल्डिङमा छलफल गर्दा बीपीलाई सुवर्ण शमसेरले हाम्रो शैली गान्धीवादी भयो । हतियार जम्मा गर्न सकिएन, अब क्रान्ति गर्नुपर्छ भनेछन ।

बीपीले पैसा भयो भने क्रान्ति गर्न सकिन्छ । हतियार जम्मा गर्न पनि सकिन्छ भनेछन । बीपी र सुवर्ण हतियार खोज्न बर्मा गए । सम्बन्ध घनिष्ठ हँुदै गयो । १९५० ताका सशस्त्र क्रान्ति गर्ने कुरा चलेको छ । नेपालको पुर्वपट्टीको क्रान्तिको इन्चार्ज बीपी र सुवर्णशमसेर भए । विरगंज आक्रमणको नेतृत्व शुवर्णसमसेरको थियो । आक्रमणबाट त्यहाँको तहबील नियन्त्रण भयो । ५० लाख रुपंैंयाँ र २५० थान राइफल कब्जा भयो । सुवर्णशमसेर त मिलीटिरी स्ट्राटेजी पढेको जनरल युद्धबारे विज्ञ पनि थिए ।

राजा महेन्द्र र सुवर्णशमसेर भ्रमणमा जाँदा स्कटल्याण्ड र पेरीसमा कू गर्नेबारेमा भएका कुरा बीपीले पछि थाहा पाए । सरकार लिंए भने तिमी सहयोग गर्छौ की गर्दैनौं भनेर राजाले सोध्दाखेरी सुवर्णशमसेरले सरकार, कु, गरेर देशका निम्ती राम्रो हुदैन । सरकारका निम्ती पनि राम्रो हुदैन । म त सल्लाह दिन सक्तिन भने । मतभेदहरु छन भने प्रधानमन्त्रीसंग बसेर छलफल गर्नु आवश्यक भएको बताएछन । राजाले सुवर्णलाई विश्वेश्वरको प्रभावमा परेको मान्छे हो । म उनकी रानी मार्फत यिनलाई प्रभावमा लिन्छु भनेका छन ।

तुलसी गिरीले बीपी रहुन्जेल, सुवर्णले राजालाई साथ नदिने कुरा खुलासा गरिदिएका छन । कु गर्नुपहिला भारत जानेबखत बीपी र गणेशमानले सुवर्णसमशेरलाई एयरपोर्टसम्म पुर्याउन गए । एयरपोर्टमा केही घण्टा रहदा सुवर्णसमशेरले राजाले कु गर्छन । अहिले रानी एलिजावेथ भ्रमणमा आउनेवाली छन् । प्रजातान्त्रिक देशको राष्ट्राध्यक्ष आउने बखतमै चाही कु गर्दैनन भनेका थिए । कु गर्ने दुई, तीन दिन अघि मात्र राजाले उपप्रधानमन्त्री सुवर्णशमसेरलाई कलकत्ता जान आग्रह गरे । पटनामा विशेष सम्मेलन गरेर नेपाली कांग्रेसको अध्यक्षमा सुवर्णशमसेर नियुक्त भए ।

यता, बीपी, गणेशमान, किसुनजी, रामनारायण मिश्रा, योगेन्द्रमान शेरचन, दिवानसिंह राईलाई सुन्दरीजलमा जेलमा राखिएको थियो । बीपी र सुवर्णसमशेरबीचका सम्बन्धले शसस्त्र क्रान्ति अनतर्गत बीरगंज आक्रमण, मकवानपुर गढी कब्जाका योजना, परवानीपुर घटना, ओखलढुंगा काण्ड, प्लेन हाइज्याक, इनरुवा काण्डमा केही रहस्य र उछाल सिर्जना गरेको छ ।

बीपी महेन्द्र सम्बन्ध

बीपी र महेन्द्र बीच परम्परा र आधुनिकताको टकराव थियो । विधीको शाषन र आदेश निरन्तरताको उतार चढाव थियो । प्रजातन्त्र र तानाशाहीका बीचको लडाईमा बीपी तत्कालका लागि पराजीत भएकै हुन । राजा महेन्द्र युरोप गएका बेला नेपालमा जोगी काण्ड भएको थियो । नेपालमा धर्म नमान्ने प्रधानमन्त्री छ । सरकार बिरुद्ध विद्रोह गर्नका लागि मलाई महाराजधिराजको लालमोहर छ भन्दै जोगी हिडेका थिए । जोगीले कर्मवीर महामण्डल बनाएर हिडेका थिए । दरबारबाट आर्थिक सहयोग भएको देखिन्छ । बीपीले दान दिनुपर्ने भएमा राजाले अत्यन्त सोचविचार गरेर दिनुपर्छ । सरकारका खिलाफमा लाग्नेलाई राजाले दान दिनु हुदैन भन्दिए ।

त्यसै बसाईमा राजाले विश्वेश्वरबाबु या तपाईं देश चलाउनुस । म छेउ लागिदिन्छु । या तपाई छोडिदिनुस म चलाउछु भने । पुस १ गते भन्दा २ दिन अघिको कुराकानी, जवाफमा देशको विकासका लागि सम्पूर्ण राष्ट्रिय विकास चाहिन्छ भन्दै बीपीले जनताको प्रतिनिधी र राजाको सहमतीबाट मात्र देश चल्न सक्छ भने ।

गल्ती गरेकोमा कोठामा आएर पीटे हुन्छ भन्दै राजाले आफ्नो इज्जत बाहिर राखिदिन आग्रह गरे । बीपीले पनि मैंले गल्ती गरे आएर नसीहत दिनुहोला । तर खुलामन्चमा गएर आफ्नो सरकारको आलोचना नगर्न भन्दिए । अन्तमा दुवै मिलेर काम गरौं भन्ने सहमति गरे । राजा रानीले बीपी र शुसीलाका लागि युरोपबाट ल्याएका उपहारहरु खोल्न थाले । त्यसमा छालाको सानो व्याग थियो । टेपरेकर्डर थियो । घडी थियो । कानमा लगाउने टप थिए । ब्रासलेट थियो । ती सामग्री राजाले बीपीको गाडीमा राख्न लगाइदिए । राजा विदेश भ्रमणमा जानेबेला सोध्थे तपाईलाई के ल्याइदिउ, अरुहरु त कार भन्छन, तपाईलाई पनि कार उपहार दिऔं ? भनेछन ।

बीपीले आफुलाई केही त्यस्तो नभएको बताउनु भएछ । अझ कार त म धान्नै शक्तिन । प्रधानमन्त्री छउन्जेल सरकारको कार भैहाल्छ । प्रधानमन्त्री नरहेपछि आफुले कार धान्न नसक्ने बताए । टंकप्रसादलाई राजाले कार दिएछन । उनले कार धान्न नसकेर ट्याक्सीका रुपमा चलाएछन । पछि बेचेछन । बीपीले यही कुरा जोडेर आफुलाई कार नचाहिने दोहोर्याए पछि राजा छक्क परेका थिए ।

कु गर्ने दिन प्रधानमन्त्री उपस्थित कार्यक्रमस्थल सेनाले घेर्यो । शाही सेनाको दोस्रो बरियताको सुरेन्द्रबहादुर शाहले राजाबाट बोलाहट भएकोले बीपीलाई हिड्न आग्रह गरे ।। थुनिएपछि बीपीले तुलसी गीरिलाई राजाले बडो गल्ती गरे । हामीलाई पाँच वर्ष, दश वर्ष थुन्लान । ठिकै छ, हामी थुनिएरै बसौंला । तर विकल्प हामी नै हौं । विकल्प हामीले नै दिन्छौं । राजाले सम्हाल्न सक्ने कुरा छैन भन्दिए । बीपीले राजा महेन्द्रलाई राजनीतिज्ञ हैनन भनेका छन ।

जसले ५० वर्ष पछिको कुरा सोच्दैन त्यो राजनीतिज्ञ नै होइन । त्यसबेला नयाँ सन्देशको सम्पादक रमेशनाथ पाण्डे राजासँग बिन्ती गरेर बीपीलाई भेट्न गएछन । राजासँग भेटाउने उद्देश्यले रमेशनाथ पाण्डेले बीपीलाई बिन्तीपत्र लेख्न अनुरोध गरेछन । किसुनजीले चिठी ड्राफ्ट गरेछन । पत्रमा राजनीतिमा अहिले जो गतिरोध छ, त्यो हटाउन मसँग कुरा गर्न सरकारको पनि इच्छा भएको बुझिएकोले म बिन्तीपत्र लेख्दैछु ।

एकचोटी दर्शन पाउँ भनेर लेखिएको थियो । दर्शनभेट पाउँ भन्ने पत्र अपेक्षा गरेका रमेशनाथले चिठीमा राजाले भेट्न पठाएको जस्तो देखियो भन्दै बीपीसँग गुनासो पनि गरेका थिए रे । बीपीले जेलबाट राजालाई चिठी लेख्न परे किसुनजी ड्राफ्ट गर्नुहुन्थ्यो । लेखिसकेपछि गणेशमानजीले हेरेर ल ठिक छ भनेपछि चिठी फाइनल हुन्थ्यो । राजालाई अर्को चिठी लेख्ने कुरा भयो । बीपीले किसुनजीलाई ड्राफ्ट गर्न अनुरोध गरे ।

किसुनजीले मजाकमा उडादिए र भने ‘चिठी ! अब तो हमलोगो ने तपस्या कर के इतना ब्रह्मशक्ति पा लिया है की अब राजाको अपने पैर पर झुकयंगे । तब ब्राह्मण है, उनको आना पडेगा । वह झुकेंगे, तो ब्राह्मण है, माफ कर दिया जाएगा । नहीं तो ब्रह्मतेजसे जलासकते है उनको ।’

(सन्दर्भ सामग्री ः आत्मवृत्तान्त, मेरो जीवन असफल भएन, विश्वेश्वरप्रसाद कोइराला, प्रतिनिधी संकलन, राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला)