विदेशी पर्यटक खुला गर्न र आन्तरिक उडान सुचारू गर्न पर्यटमन्त्री भट्टराईले राखे प्रस्ताव

विदेशी पर्यटक खुला गर्न र आन्तरिक उडान सुचारू गर्न पर्यटमन्त्री भट्टराईले राखे प्रस्ताव
बिहिबार, भदौ २५, २०७७

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य सावधानी अपनाएर विदेशी पर्यटन र आन्तरिक उडान खुला गर्न प्रस्ताव गरेका छन् ।

मन्त्री भट्टराईले बाह्य पर्यटन खुला गर्नेसहित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा चार वटा महत्वपूर्ण प्रस्ताव राखेका हुन् ।

प्रस्तावअनुसार आन्तरिक उडान खोल्नेदेखि नेपाली आयोजनामा काम गर्ने विदेशी कामदारलाई नेपाल ल्याउनेसम्म रहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार मन्त्रालयले १ असोजबाट  आन्तरिक उडान खोल्ने प्रस्ताव मन्त्रालयले गरेको छ ।

मन्त्री भट्टराईका अनुसार पहिलो चरणमा कोरोना भाइरसको संक्रमण कम भएका हिमाली र पहाडी जिल्लामा उडान गर्ने तयारी छ । ती उडान मन्त्री भट्टराईका अनसुसार दशैं र तिहारलाई लक्षित गरी उडान खुलाउने तयारी गरिएको हो ।

बिहीबार नै अन्तर्राष्ट्रिय नियमित उडानलाई संख्या बढाएर यसअघि लगाएको कोटा हटाउने निर्णय भइसकेकाले अब विदेशी पर्यटकलाई आउन दिदा फरक नपर्ने प्रस्ताव गरिएको छ । तर, उनीहरू कोरोना संक्रमण नभएको सुनिश्चित हुनुपर्ने प्रस्तावमा उल्लेख छ ।