नयाँ सिजनको पहिलो खेलमा पीएसजी पराजित

नयाँ सिजनको पहिलो खेलमा पीएसजी पराजित
शुक्रबार, भदौ २६, २०७७

एजेन्सी- स्टार खेलाडी विनको पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिग वान नयाँ सिजनमा खराव सुरुवात गरेको छ । सिजन २०२०–२१ को पहिलो खेलमा लेन्ससँग १–० ले पराजित हुँदै सिजनमा खराव सुरुवाता गरेको हो ।

बिहीबार राति लेन्सको घरेलु मैदानमा भएको खेलमा इग्नाटिउस गानागोले खेलको एक मात्र निर्णायक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमो दोस्रो हाफमा गानागोले गोल गरेका थिए । उनले खेलको ५७ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई जित दिलाएका हुन् ।

यस खेलमा पीएसजीका स्टार स्ट्राइकरद्धोय नेयमार र केलियन एम्बाप्पे अनुपस्थित थिए । दुबै खेलाडी कोरोना भाइरस संक्रमणका कारण नयाँ सिजनको पहिलो खेलमा अनुपस्थित भएका हुन् ।

यस जितसँगै घरेलु टोली लेन्सले दुई खेलमा तीन अंक जोडेको छ । पहिलो खेल गुमाएको लेन्स तीन अंकसहित तालिकाको १२ औं स्थानमा छ । यता पहिलो खेलमा नै पराजित भएको पीएसजी १७ औं स्थानमा छ ।