सेरेनालाई हराउँदै अजारेन्का युएस ओपनको फाइनलमा प्रवेश

सेरेनालाई हराउँदै अजारेन्का युएस ओपनको फाइनलमा प्रवेश
शुक्रबार, भदौ २६, २०७७

एजेन्सी-यूएस ओपन टेनिसको सेमिफाइनलबाट सेरेना विलियम्स बाहिरिएकी छिन् ।

सेमिफाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कासँग पराजित भएपछि सेरेना बाहिरिएकी हुन् ।

न्युयोर्कमा भएको खेलमा २४ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले पहिलो सेट ६÷१ ले आफ्नो बनाएकी थिइन् । तर, त्यसपछिका सेटमा भने पराजित भईन् ।

३१ वर्षिया अजारेन्का तेस्रो पटक युएस ओपनको फाइनल पुगेकी हुन् । अब अजारेन्काले उपाधिका लागि जापानी खेलाडी नाओमी ओसाकासँग खेल्ने छिन् ।