प्रिमियर लिगमा आज टोटेनहम र एभर्टन भिड्दै

प्रिमियर लिगमा आज टोटेनहम र एभर्टन भिड्दै
आइतवार, भदौ २८, २०७७

एजेन्सी-इंग्लिस प्रिमियर लिग फुटबलमा आज टोटेनहम र एभर्टनबीच प्रतिस्पर्धा हुँदैछ ।

सिजनको पहिलो खेलमा टोटेनहमले एभर्टनसँग प्रतिस्पर्धा गर्न लागेको हो । टोटेनहमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९ः१५ मा सुरु हुनेछ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लेष्टर सिटीले वेस्ट ब्रुमसँग खेल्नेछ ।