ओम्नी समूह एक वर्षका लागि सरकारको कालोसूचीमा

ओम्नी समूह एक वर्षका लागि सरकारको कालोसूचीमा
सोमवार, भदौ २९, २०७७

काठमाडौं – स्वास्थ्य सामग्री खरिदमा विवादस्पद बनेको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नी समूहलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेको ओम्नी समूहले अब एक वर्ष सार्वजनिक निकायका कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैन ।

स्वास्थ्य सेवा विभागको सिफारिसमा ओम्नीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

स्वास्थ्य सामग्री खरिदमा सम्झौताबमोजिम काम गरेको भन्दै चौतर्फी आलोचना हुँदा समेत सरकारले ओम्नीलाई कालोसूचीमा राख्न नखोजेको भन्दै विरोध भएको थियो ।

स्वास्थ्य सेवा विभागले गत १९ चैतमा ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।