फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
मङ्लबार, भदौ ३०, २०७७

काठमाडौं – नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ६ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ ।