मन्त्रीसरहको सुविधासहित डा.युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

मन्त्रीसरहको सुविधासहित डा.युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त
फाइल तस्वीर
मङ्लबार, भदौ ३०, २०७७

काठमाडौं- पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा मन्त्रीसरहको सेवासुविधासहित प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय गरिएको छ’, ज्ञवालीले भने ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिएपछि पनि ६ महिना पुनर्नियुक्त भएर अर्थमन्त्री रहेका डा. खतिवडाले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएका हुन् ।