होटल र आन्तरिक उडान पनि असोज १ देखि सञ्चालन हुने

होटल र आन्तरिक उडान पनि असोज १ देखि सञ्चालन हुने
मङ्लबार, भदौ ३०, २०७७

काठमाडौँ— सरकारले होटल तथा रेष्टुरेन्टहरु असोज १ गतेदेखि खुला गर्न दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि होटल तथा रेष्टुरेन्ट खुला गर्न दिने निर्णय गरेको हो ।

यस्तै, असोज १ गतेदेखि आन्तरिक उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री ज्ञवालीले बताएका छन् ।

हवाइ उडानमा स्वास्थ्य सुरक्षा अपनाउन भनिएको छ । हवाइ उडानमा ५० प्रतिशत मात्रै यात्रु बोक्न पाइने, एउटा लहरमा एक जना मात्रै राख्न पाइने, स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने छ ।भाडाको दर पर्यटन मन्त्रालयले तोकेअनुसार हुने निर्णय मन्त्रिपरिषद्‌ले गरेको छ ।