बिहानै भूकम्पको धक्का

बिहानै भूकम्पको धक्का
बुधबार, भदौ ३१, २०७७

काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का महशुस गरिएको छ ।

५ बजेर १९ मिनेटमा गएको भूकम्पले सर्वसाधारणमा त्रास फैलिएको थियो ।

बिहान उठ्ने समयमा गएको भूकम्पमा सर्वसाधारण घर बाहिर निस्केका थिए ।

सिन्धुपाल्चोकको राम्चे आपपासलाई केन्द्र बनाएर गएको भूकम्प ६ म्याग्नेच्यूडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।