अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो
बुधबार, भदौ ३१, २०७७

काठमाडौं – अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ ।

बुधबार बिहानसम्म दुई लाख १९७ जनाको संक्रमणबाट निधन भएको छ ।

कोरोना संक्रमितको संख्या ६७ लाख ८७ हजार ६१९ पुगेको छ । संक्रमितमध्ये ४० लाख ६१ हजार ८७३ भन्दा बढी सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ११ सय ७४ जनाको कोरोनाको संक्रमणबाट निधन भइसकेको छ भने ३६ हजार ४४७ कोरोना संक्रमित थपिएका छन् ।