बजार भाउ भन्दा महँगोमा प्याज बेच्ने एक व्यापारी पक्राउ

बजार भाउ भन्दा महँगोमा प्याज बेच्ने एक व्यापारी पक्राउ
बुधबार, भदौ ३१, २०७७

काठमाडौं – बजार भाउ भन्दा महँगो मुल्यमा प्याज बेचेको आरोपमा प्रहरीले बल्खुबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेलर सुनिल केसी छन् ।

काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १ सय ३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार उनिविरुद्ध कालोबजारीसम्बन्धी मुद्धा चलाइने छ ।

भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थाले सँगै कालोबजारी सुरु भएको हो ।