माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सका बुबा विलियम हेनरीको निधन

माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सका बुबा विलियम हेनरीको निधन
बुधबार, भदौ ३१, २०७७

एजेन्सी – माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्धितीयको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा निधन भएको हो ।

हुड क्यानलस्थित निवासमा उनको सोमबार निधन भएको हो । विल गेट्सको पारिवारिक स्रोतले उनको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो ।

उनी अल्जाइमरको बिरामी थिए। विलियम हेनरी गेट्स द्धितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो ।