प्रधानमन्त्री ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना

प्रधानमन्त्री ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना
बिहिबार, अशोज १, २०७७

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन् ।

मोदीको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले बिहीबार विहानै ट्विट गरेर मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् । आफ्नो व्यक्तिगत एकाउन्टबाट जन्मदिनको शुभकामना लेख्दै प्रधानमन्त्री ओलीले मोदीको सुस्वास्थ्यको कामना गरेका छन् ।

साथै उनले नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन दुई देशबीच सहकार्य जारी रहने पनि उल्लेख गरेका छन् ।