पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
बिहिबार, अशोज १, २०७७

काठमाडौं- पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड फेरि बन्द भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा आज बिहान साढे ४ बजेतिर पहिरो खसेपछि सडकखण्ड बन्द भएको मुग्लिन प्रहरीले जनाएको छ ।

आज पनि हिजोजस्तै सडकमाथिबाट लेदो माटो र ढुङगासहित पहिरो खसेको छ । हिजो पनि त्यही ठाउँमा पहिरो खसेपछि बन्द भएको सडक झण्डै ४ घण्टापछि सञ्चालनमा आएको थियो ।

आज पनि सडक खुलाउने प्रयास भइरहेको मुग्लिन प्रहरीले जनाएको छ ।