नक्साल र कमलपोखरी चोकमा ‘ट्राफिक लाइट’ सञ्चालन

नक्साल र कमलपोखरी चोकमा ‘ट्राफिक लाइट’ सञ्चालन
बिहिबार, अशोज १, २०७७

काठमाडौं – काडमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाइ सहज, व्यवस्थित र चुस्त बनाउन कमलपोखरीको २ स्थानका ट्राफिक लाईट सञ्चालनमा ल्याइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्य र कामनपा वडा नं। १ को सक्रियतामा कमलपोखरी ल्होत्से चोकको र कामनपा वडा नं। ५ को सहकार्यमा हाडीगाउँ (भाटभटेनी अगाडी) को ट्राफिक लाइट नयाँ जडान गरी सञ्चालनमा ल्याइको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले जानकारी दिए ।

उनले उपत्यकाको अन्य स्थानहरूमा पनि स्थानीय तहसँग समन्वय गरी ट्राफिक लाईट जडान गर्न पहल भइरहेको बताए ।

पछिल्लो समय महाशाखाले उपत्यकाका स्थानीय तहको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ ।