सुनचाँदीको मूल्य घट्यो, कतिमा भयो कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा भयो कारोबार ?
बिहिबार, अशोज १, २०७७

बिहिबार – बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।

बुधबार ९७ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, बुधबार ९७ हजारमा कारोबार भएको तेजावी सुनको मूल्य आज घटेर प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कायम गरिएको छ ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार प्रतितोला १ हजार ४ सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ सय २० रुपैयाँ तोकिएको छ ।