भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ३८२ जना डाक्टरको मृत्यु

भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ३८२ जना डाक्टरको मृत्यु
बिहिबार, अशोज १, २०७७

काठमाडौं । भारतमा कोरोना हरेक दिन कोरोना भाइरसका हजारौं संक्रमितहरु थपिएका छन् ।

बुधवार मात्रै पनि भारतमा ९७ हजार ८५६ जना संक्रमित थपिएका छन् । अहिले भारतमा ५१ लाख १८ हजार ६०५ जना भन्दा धेरै संक्रमित रहेका छन् ।

यसैबीच कोरोना भाइरसको संक्रमणका कारण भारतमा अहिलेसम्म ३८२ जना डाक्टरको ज्यान गएको छ । उनीहरु २७ वर्षदेखि ८५ वर्ष उमेरका रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा