अमेरिकाले आफ्ना सबै नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सीन ‘फ्रि’मा दिने

अमेरिकाले आफ्ना सबै नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सीन ‘फ्रि’मा दिने
बिहिबार, अशोज १, २०७७

काठमाडौं । अहिले कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु ओरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच कोरोनाबाट अत्याधिक प्रभावित रहेको अमेरिकामा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प प्रशासनले कोरोनाविरुद्धको भ्याक्सीन आफ्ना नागरिकहरुलाई फ्रिमा दिने बताएको छ ।

कोरोनाको टिका वितरण सबै नागरिकका लागि जनवरीको शुरुवातबाट हुने भएको छ । अमेरिकाको स्वास्थ्य र मानव सेवा विभाग र रक्षा विभागले संयुक्त रुपमा बुधवार यस योजनाको दस्तावेज जारी गरेको छ ।

एजेन्सीको सहयोगमा