सचिवालयका कर्मचारीमा कोरोना देखिएपछि कांग्रेस सभापति देउवा होम क्वारेन्टिनमा

सचिवालयका कर्मचारीमा कोरोना देखिएपछि कांग्रेस सभापति देउवा होम क्वारेन्टिनमा
बिहिबार, अशोज १, २०७७

काठमाडौं – सचिवालयमा कार्यरत् कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम क्वारेन्टिनमा बसेका छन्।

सचिवालयमा कार्यरत दुई कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उनी बुढानिलकण्ठस्थित होम क्वारेन्टिनमा बसेका हुन्।

उनका स्वकीय सचिव भानु देउवाका अनुसार बुधबार सचिवालयमा कार्यरत् दुई जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो।

कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि देउवा बुधबारदेखि नै क्वारेन्टिनमा बसेका हुन्।