गायक शक्ति चन्दको ‘फूल्दै फूल्दै जाउ’ सार्वजनिक

गायक शक्ति चन्दको ‘फूल्दै फूल्दै जाउ’ सार्वजनिक
शनिबार, अशोज ३, २०७७

काठमाडौं- पछिल्लो समय नेपाली लोक तथा दोहोरीको क्षेत्रले फड्को मारेको छ ।

गीत भन्नै वित्तिकै रक, पप, आधुनिक र फिल्मी गीतलाई मात्रै बुझिने नेपाली समाजमा केही बर्ष यता लोकदोहोरी गीतलाई धेरै सुन्न र हेर्न थालेका छन् ।

लोक तथा दोहोरी गीतमा प्रयोग भएका मौलिक लय र शब्दका कारण यसको गरिमासमेत बढेको छ । अझ कतिपय फिल्मले त लोक गीतकै साहरा लिएर फिल्म चल्ने विश्वास पनि राख्छन् । सुन्दा पनि मुखैमै झुन्डिने भाकाले लोकदोहोरी गीतलाई थप उचाई दिएको छ ।

यस्तै खालको लोकदोहरी गीत लोकप्रिय गायक शक्ति चन्दले बजारमा ल्याएका छन् । ‘फुल्दै फुल्दै जाउ’ नाम दिएर बजारमा आएको यो गीत युट्यूवमा हेर्नेको संख्या पनि बढीरहेको छ । तर गायक चन्दले युट्यूवको भ्युजकै आधारमा गीतको मुल्यांकन गर्न भने नसुहाउने बताउँछन् ।

उनका अनुसार गीत बनाउँदा गरिएको मेहनत, त्यसमा प्रयोग भएका मौलिक शब्द र लयले उत्तिकै अर्थ राख्दछ ।

गीतमा गायक चन्दसहित लोकप्रिय गायिका मुना थापा मगरको स्वर रहेको छ । चन्द्र परियारको लय, शब्दमा बनेको गीतमा अभिषेक श्रेष्ठ र बसन्ती वलीको अभिनय छ ।

शक्ति चन्द नामक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको गीत यसरी हेर्न सकिन्छ ।