आईपीएल : चेन्नई सुपर किङ्सको विजयी सुरुवात

आईपीएल : चेन्नई सुपर किङ्सको विजयी सुरुवात
आइतवार, अशोज ४, २०७७

काठमाडौँ- इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ । हिजो राति भएको उद्घाटन खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।

शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ र फाप डु प्लेसिसले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

मुम्बईका ट्रेन्ड बोल्ट, जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डेय र राहुल चाहरले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउँदा क्विनटन डी ककले ३३ रन बनाए । केइरन पोलार्डले १८ रन जोडे । यस्तै कप्तान रोहित शर्मा १२, सूर्यकुमार यादब १७ तथा हार्दिक पाण्डेयले १४ रन बनाए । चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए ।

यस्तै रबिन्द्र जडेजा र दिपक चाहरले २/२ विकेट लिए । साम करण र पियुस चावालाको नाममा १/१ विकेट रह्यो । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा आज देल्ली क्यापिटल्स र किङ्स इलेभेन पञ्जाव भिड्नेछन् ।