भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
आइतवार, अशोज ४, २०७७

काठमाडौं। बाँकेको भेरी अस्पताल नेपालगञ्जमा प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार राति भेरी अस्पताल नेपालगञ्जमा राति साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

भदौ २० गते अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

मृतकको दुवैतिरको फोक्सोमा निमोनिया देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।