नेकपा सचिवाल बैठकमा मन्त्रिपरिषद पुर्नगठनबारे छलफल हुने

नेकपा सचिवाल बैठकमा मन्त्रिपरिषद पुर्नगठनबारे छलफल हुने
फाइल तस्वीर
आइतवार, अशोज ४, २०७७

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवाल बैठक आज बस्दैछ ।

शुक्रबार स्थगित गरिएको बैठक आज ११ बजेलाई बोलाइएको बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

यसअघि प्रधामन्त्री निवास बालुवाटारमा बस्ने नेकपाको सचिवालय बैठक आज भने पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

सविचलाय बैठकमा विवाद समाधानका लागि गठित कार्यादलले बुझाएको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुने बताइएको छ ।