सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
आइतवार, अशोज ४, २०७७

काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि सुनको मूल्य शुक्रबारकै बराबर रहेको छ ।

बजारमा छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तथा तेजाबी सुनको मूल्य ९६ हजार ५ सय तोकिएको छ ।

शुक्रबार प्रतितोला १ हजार ३३० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ३१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।