प्रदेश १ का मुख्यमन्त्री राईकी श्रीमती दाबी गर्ने बालिका खड्का प्रहरी नियन्त्रणमा

प्रदेश १ का मुख्यमन्त्री राईकी श्रीमती दाबी गर्ने बालिका खड्का प्रहरी नियन्त्रणमा
आइतवार, अशोज ४, २०७७

काठमाडौं – प्रहरीले काठमाडौंको पेरिसडाँडाबाट आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गर्दै आएकी बालिका खड्कालाई नियन्त्रणमा लिएको छ ।

सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक चलिरहँदा पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले खड्कालाइृ नियन्त्रणमा लिएको बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार खड्काले केही नेताहरुलाई भेट्नुपर्ने भन्दै जबरजस्ती कार्यालयमा छिर्न खोजेपछि नियन्त्रणमा लिइएको हो ।

एसपी राठौरका अनुसार अहिले उनलाई महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको छ ।