कोरोना संक्रमणबाट पहिलो पटक एक सैनिकको मृत्यु

कोरोना संक्रमणबाट पहिलो पटक एक सैनिकको मृत्यु
आइतवार, अशोज ४, २०७७

काठमाडौँ-नेपाली सेनामा कार्यरत एक सैनिक जवानको कोरोनाका कारण मृत्यु भएको छ ।

काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले जानकारी दिएका छन् ।

लामो समयदेखि ब्लड क्यान्सर पीडित मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा पोजेटिभ आएको थियो ।