रोल्पाको गंगादेव गाउँपालिका सिल

रोल्पाको गंगादेव गाउँपालिका सिल
आइतवार, अशोज ४, २०७७

रोल्पा-रोल्पाको गंगादेव गाउँपालिका सिल गरिएको छ ।

गाउँपालिकाबाट ३५ जनाको पि.सी.आर परीक्षण गरिएकोमा ८ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टी भएपछी आइतबार गाउँपालिकाको आकस्मिक बैठकले आइतबारबाट लागु हुने गरी एक साता सम्म गाउँपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

संक्रमण पुष्टी हुनेहरु वडा नम्बर २ का वर्ष १८ र २२ का पुरुष , वडा नम्बर ४ का वर्ष २८ ,३२ का पुरुष र वर्ष २२ का महिला , वडा नम्बर ५ का वर्ष ४५ का पुरुष, वडा नम्बर ७ का बर्ष ३९ का महिला र बर्ष ४७ का पुरुष रहेका छन् ।

संक्रमण पुष्टी भएकाहरु भारत बाट आएर गाउपलिकको क्वारेन्टाइन बसेका थिए ।