आज १३२५ कोरोना संक्रमित थपिए, ९६६ संक्रमित डिस्चार्ज

आज १३२५ कोरोना संक्रमित थपिए, ९६६ संक्रमित डिस्चार्ज
आइतवार, अशोज ४, २०७७

काठमाडौं-नेपालमा आज १३२५ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । जसमध्ये संक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ९६६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।