काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिए
आइतवार, अशोज ४, २०७७

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा ७६७ सहित नेपालमा पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ।