सिसडोल ल्याण्डफिल्ड साइड निर्माण कार्य ९० प्रतिशत सम्पन्न

सिसडोल ल्याण्डफिल्ड साइड निर्माण कार्य ९० प्रतिशत सम्पन्न
आइतवार, अशोज ४, २०७७

काठमाडौं-सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने बताएका छन् ।

काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताए ।

निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशतकाम सम्पन्न भइसकेको उनले बताए ।

आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लक डाउन खुलेपछि रफ्तारमा काम अगाडी बढीरहेको बताएका छन् ।

असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कात्र्तिक पहिलो हप्ता सबै काम सम्पन्न गर्नेगरी अगाडी बढीरहेको उनले बताए ।

बन्चरे डाँडाँमा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ ।

बन्चरेडाडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।