माग पुरा नभएको भन्दै शिक्षक युनियनद्धारा चरणबद्ध आन्दोलनको घोषणा

माग पुरा नभएको भन्दै शिक्षक युनियनद्धारा चरणबद्ध आन्दोलनको घोषणा
आइतवार, अशोज ४, २०७७

काठमाडौं-संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु) ले आफुहरुको माग पुरा नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर (इस्टु) ले असोज ९ गतेसम्म सबै महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र सम्भव भएसम्म सबै गाउँपािलकाहरुमा पूनः ज्ञापनपत्र बुझाउने र प्याब्सन, एन–प्याब्सनलाई स्मरणपत्र पनि बुझाउने भएको छ ।

उसले अघि सारेका आन्दोलनका कार्यक्रमहरु असोज ११ देखि १३ सम्म मानव संसाधन विकास केन्द्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम मन्त्रालयमा अल्टिमेटम पत्र दिने उल्लेख छ ।

कार्यक्रममा ईस्टुका अध्यक्ष होमकुमार थापाले निजी विद्यालयहरूमा काम गर्ने शिक्षक÷कर्मचारीहरूलाई अहिलेसम्मको खाईपाई आएको तलब सुविधा यथाशक्य चाँडो प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षक कर्मचारीहरूका हकअधिकार सुनिश्चितता गरिनुपर्ने र ऐन नियम र कानूनमा भएका प्रावधानहरु अक्षरंश पालना गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा ईस्टुका महासचिव भोलानाथ चालिसेले आफूहरुले अघि सारेका जायज माग पूरा गराउनको लागि आन्दोलनका कार्यक्रमलाई अघि बढाईने बताए ।