पोखरा फेवातालमा डुंगा सञ्चालन सुरु

पोखरा फेवातालमा डुंगा सञ्चालन सुरु
आइतवार, अशोज ४, २०७७

काठमाडौं-पर्यटकीय नगरी पोखरा स्थित फेवातालमा लामो समय पछि डुंगा सञ्चालनमा आएको छ ।

लक डाउनका कारण लामो समयदेखि बन्द डुंगा असोज २ गतेबाट सञ्चालनमा आएको हो ।

कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लक डाउनका कारण ६ महिनादेखि बन्द रहेको थियो ।

सरकारले असोज १ गतेबाट नै डुंगा सञ्चालनको अनुमति दिइएपनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।

डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दुरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको उनले बताए ।

डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उनले बताएका छन् ।