यस वर्षको मदन पुरस्कार महारानी उपन्यासलाई

यस वर्षको मदन पुरस्कार महारानी उपन्यासलाई
आइतवार, अशोज ४, २०७७

काठमाडौं-यस वर्षको मदन पुरस्कार महारानी उपन्यासले पाउने भएको छ ।

मदन पुरस्कार गुठीको आज बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

यस्तै जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिइने भएको छ ।

विगत ६ दशकदेखि नेपाली गीत–सङ्गीत योगदान पुर्‍याएको भन्दै ठटाललाई जगदम्बा पुरस्कार दिइने निर्णय भएको हो ।