अमेरिकामा कोरोनाले भयावह रुप लिँदै

अमेरिकामा कोरोनाले भयावह रुप लिँदै
सोमवार, अशोज ५, २०७७

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ६३ हजार ३ सय ६३ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड ११ लाख २२ हजार १ सय ८२ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट २ करोड २७ लाख १९ हजार ७ सय ९७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ४ सय ७४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख ४ हजार ६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १९ हजार ३ सय ५३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६९ लाख ८६ हजार ७ सय ५६ पुगेको छ ।

हालसम्म ४२ लाख ३६ हजार ७ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ७७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ८२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।