‘हिम चितुवा’ उपनामले चिनिने कीर्तिमानी आरोही आङरिताको निधन

‘हिम चितुवा’ उपनामले चिनिने कीर्तिमानी आरोही आङरिताको निधन
सोमवार, अशोज ५, २०७७

काठमाडौं – ‘हिम चितुवा’ उपनामले चिनिने कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ ।

पारीवारीक स्रोतका अनुसार उनको सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा निधन भएको हो ।

उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए । उनको अन्त्येष्टि धार्मिक परम्पराअनुसार हुने आफन्तले जनाएका छन् ।

१० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेको विश्व रेकर्ड शेर्पाको नाममा छ ।