स्याङ्जामा एकैदिन ४८ फरार प्रतिवादी पक्राउ

स्याङ्जामा एकैदिन ४८ फरार प्रतिवादी पक्राउ
सोमवार, अशोज ५, २०७७

स्याङ्जा-जिल्ला प्रहरी कार्यालय स्याङ्जाले धमाधम विभिन्न मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ ।

प्रहरीले एकैदिन ४८ जनालाई पक्राउ गरेकोे छ । जिल्ला अदालत स्याङ्जाले कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशबण्डा, सम्वन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतको मुद्धा फैसला गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार प्रहरीले विभिन्न मुद्धाका प्रतिवादीहरु एक महिनाको अन्तरालमा ८३ जनालाई पक्राउ गर्न सफल भएका जानकारी दिनुभयो ।

पक्राउ परेका ८३ जना मध्ये हाडनाता करणी मुद्धामा २ बर्ष कैद तोकिएका २३ बर्ष देखि फरार हरीनास गाँउपालिका ५ बर्ष ६४ का कर्णबहादुर भट्टक्षेत्री, सवारी ज्यान मुद्धामा २ बर्ष कैद तोकिएका १५ बर्ष देखि फरार चापाकोट नगरपालिका ४ बर्ष ४५ का भक्त सुनारी मगर, डाका चोरी मुद्धामा ६ बर्ष कैद तोकिएका १० बर्ष देखि फरार हरीनास गाँउपालिका १ बर्ष ६२ का लालबहादुर नाम्जाली पक्राउ पछि कैद भुक्तानका लागि जिल्ला कारगार पठाइएको छ भने अन्य जरिवना तिरेर छुटकारा पाएको प्रवक्ता अधिकारीले जानकारी जानकारी दिए ।