आज ११५४ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ६५ हजार नाघ्यो

थप १००५ संक्रमित निको भए

आज ११५४ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ६५ हजार नाघ्यो
सोमवार, अशोज ५, २०७७

काठमाडौं-नेपालमा आज १ हजार १५४ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

जसमध्ये १७ हजार ६११ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।