पछिल्लो २४ घण्टामा कोरोनाले थप १६ जनाको मृत्यु

नेपालमा ज्यान गुमाउनेको संख्या ४२७ पुग्यो

पछिल्लो २४ घण्टामा कोरोनाले थप १६ जनाको मृत्यु
सोमवार, अशोज ५, २०७७

काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

त्यस्तै आज १ हजार १५४ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

जसमध्ये १७ हजार ६११ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।