काठमाडौंका ५३८ सहित उपत्यकामा ६७४ कोरोना संक्रमित थपिए

काठमाडौंका ५३८ सहित उपत्यकामा ६७४ कोरोना संक्रमित थपिए
सोमवार, अशोज ५, २०७७

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाा अनुसार काठमाडौंका ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौं उपत्यकामा ६ सय ७४ सहित मुलुकभर आज १ हजार १५४ कोरोना संक्रमित थपिएका छन् ।