गुल्मीको इस्मा गाउँपालिकामा पहिरोमा पुरिएर दुईको मृत्यु

गुल्मीको इस्मा गाउँपालिकामा पहिरोमा पुरिएर दुईको मृत्यु
मङ्लबार, अशोज ६, २०७७

गुल्मी– गुल्मीको इस्मा गाउँपालिका–२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

सोमबार राति गएको पहिरोमा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् ।

इस्मा गाउँपालिका – २ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिरोबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए ।

सडकमा हिँड्दै गरेका अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै पहिरोमा पुरिएर बेपत्ता बनेका थिए ।