लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
मङ्लबार, अशोज ६, २०७७

लमजुङ – लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ ।

सोमबार साँझ ५स्३० बजे चट्याङ परेर घाइते भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक विक ठूलोबुवाको घरमा बसेको बेला चट्याङ लागेर शरीरको विभिन्न भागमा चोट पुगी घाइते भई उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए ।

उनका अनुसार सोही वडामा बस्ने २२ वर्षीय चिजा गुरुङ सोही चट्याङ पर्दा घाइते भएका छन् ।