आज १३५६ कोरोना संक्रमित थपिए, ८२३ संक्रमित डिस्चार्ज

आज १३५६ कोरोना संक्रमित थपिए, ८२३ संक्रमित डिस्चार्ज
मङ्लबार, अशोज ६, २०७७

काठमाडौं-नेपालमा आज १ हजार ३५६ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८२३ कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।