नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२९ पुग्यो

आज थप २ को कोरोनाले मृत्यु

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२९ पुग्यो
मङ्लबार, अशोज ६, २०७७

काठमाडौं-नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ४२९ पुगको छ ।

त्यस्तै आज १ हजार ३५६ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८२३ कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।