रोल्पामा ९ किलो अफिमसहित दुई महिला पक्राउ

रोल्पामा ९ किलो अफिमसहित दुई महिला पक्राउ
मङ्लबार, अशोज ६, २०७७

रोल्पा-थबाङ गाउँपालिका बाट प्रहरीले ९ किलो लागुऔषध अफिम सहित दुई महिलालाई पक्राउ गरेको छ ।

थबाङ गाउँपालिका–२ छेर्लाबाङमा लागुऔषध ओसार पसार भईरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वमा खटेको टोलीले थबाङ गाउँपालिका–२ ठूलोगाउँ निवासी ३६ वर्षकी बिनज्योती रोका र सोही ठाउँकै ४५ वर्षकी मुली झाँक्रीलाई ९ किलो ८२ ग्राम अफिमसहित पक्राउँ गरेको हो ।

बाटोमा झोला बोकेर हिडिरहेको बेला चेकजाँच गर्ने क्रममा रोकाको झोलामा ४ किलो ९ सय ग्राम र झाँक्रीको झोलामा ४ किलो ८ सय ग्राम अफिम भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।

उनीहरुमाथि थप अनुसन्धान गरी जिल्ला अदालत रोल्पामा लागुऔषध कारोबार विरुद्धको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।