बझाङमा मन्दिरभित्र १२ वर्षीया बालिका मृत फेला

बझाङमा मन्दिरभित्र १२ वर्षीया बालिका मृत फेला
बिहिबार, अशोज ८, २०७७

बझाङ – बझाङको मष्टा गाउँपालिका स्थित एक मन्रिमा १२ वर्षीया बालिकाको शव मृत अवस्थामा फेला परेको छ ।

प्रहरीका अनुसार बुधबार साँझ गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी मष्टा गाउँपालिका–२ खिकाला बस्ने १२ वर्षीया बालिका सम्झना कामीको शव फेला परेको हो ।

बालिकाको बलात्कारपछि हत्या गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले बताए ।

उनका अनुसार बालिकाको शव स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग नग्न रहेको अवस्थामा फेला परेको छ । उनको कानमा लगाइएका मुन्द्री पनि छैनन् ।

हत्याको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अहिले प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।