बिहीबार पनि घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार पनि घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
बिहिबार, अशोज ८, २०७७

काठमाडौं – बिहीबार छापावाल सुनको मूल्य १ हजार २ सय रुपैयाँ घटेको छ ।

बुधबार ९४ हजार ३ सयमा कारोबार भएको छापावल सुन आज प्रतितोला ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तेजावी सुनको मूल्यमा पनि गिरावट आएको छ । बुधबार ९३ हजार ८ सयमा तोकिएको तेजावी सुनको मूल्य आज घटेर प्रतितोला ९२ हजार ६ सय निर्धारण गरिएको छ ।