डडेल्धुरामा पहिलो पटक कोरोना संक्रमणबाट एकजनाको मृत्यु

डडेल्धुरामा पहिलो पटक कोरोना संक्रमणबाट एकजनाको मृत्यु
बिहिबार, अशोज ८, २०७७

डडेल्धुरा – डडेलधुरामा पहिलोपटक कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो ।

उनको भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको सङ्ख्या १६ पुगेको छ ।